
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई आवश्यक पर्ने सामग्री ढुवानी गर्न सुरु गरेको छ ।
निर्वाचनलाई आवश्यक पर्ने सामग्री बिहीबारदेखि ढुवानी गरी पठाउन थालिएको प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
जसअनुसार आज मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु र काठमाडौंका लागि आवश्यक पर्ने निर्वाचन सामग्री पठाएको प्रवक्ता शर्माको भनाइ छ ।
निर्वाचन सामग्री जिल्लामा पुर्याउन छुट्टाछुट्टै प्रदेशमा छुट्टाछुट्टै ढुवानी व्यवसायीहरूलाई छनोट गरेको आयोगले जनाएको छ ।
यस्तै, आजसम्म ५३ जिल्लाको एक करोड १९ लाख मतपत्रको छपाइ भइसकेको छ । आयोगले एक करोड ८४ लाख मतपत्रको छपाइ गर्न जनक शिक्षा केन्द्रलाई दिएको छ ।
छापिसकिएको मतपत्र भने यही वैशाख १४ वा १५ गते पछिमात्रै पठाउने आयोगको तयारी छ । मतपत्र जिल्लाहरूमा पठाउँदा सुरक्षाको लागि सेना खटिने आयोगको भनाइ छ ।
डोल्पा र मुगुमा गाडी जान सम्भव नभएको हुँदा हवाई माध्यमबाट पठाउन लागिएको हो ।
प्रतिक्रिया दिनुहोस्