
काठमाडौं, चैत्र १७ । लकडाउनमा समयमा ग्राहकको सेवा तथा सुविधाका लागि भन्दै एनआईसी एशिया बैंकले ग्राहक सहायता केन्द्र स्थापना गरेको छ । बैंकले एक विज्ञप्ति निकाली प्रादेशिक तथा उपप्रादेशिक तहमा यस्ता ग्राहक सहायता केन्द्र स्थापना गरेको जनाएको हो ।
बैंकले निकालेको विज्ञप्तिमा अहिलेको लकडाउन परिस्थितिमा ग्राहक महानुभावहरुलाई पर्न गएको असुविधा तथा समस्याहरुलाई मध्यनजर गर्दै यस्ता समस्या तथा गुनासाका समाधान फोनबाटै मिलाउनको लागि प्रादेशिक तथा उपप्रादेशिक तहमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरेको उल्लेख छ ।
‘ग्राहक सहायता केन्द्र’ बाट विभिन्न बंैिकङ्ग सम्बन्धी समस्या भएको अवस्थामा ग्राहकले आफ्नो प्रदेशको सम्पर्क व्यक्तिसँग सिधैफोनमा कुराकानी गरेर आफ्नो बंैिकङ्ग समस्या तथा गुनासोको यथाशिघ्र समाधान पाउन सक्ने पनि जनाइएको छ ।
प्रदेश १ मा रहेका ग्राहकले बैंकको प्रदेश १ कार्यालय प्रमुख दिपक थापालाई ९५२०४८११ नम्बरमा सोझै फोन गरेर आफ्नो बैंकिङ्ग समस्या बताई समाधान गर्नसक्ने छन् । यसैगरी विराटनगरसहित इटहरी, धरान, दमक र विर्तामोडका कर्मचारीहरुलाई पनि त्यस क्षेत्रका ग्राहकले फोन गरेर बैंकिङ्ग समस्या समाधान गर्न सक्नेछन् ।
यसैगरी सातै प्रदेशमा स्थापना भएका ‘ग्राहक सहायता केन्द्र’ मार्फत ग्राहकले आफ्नो बंैकिङ्ग समस्याको समाधान गर्न सक्ने बैकले जनाएको छ । त्यसका लागि बैंकले ती प्रदेशका ग्राहक सहायता केन्द्रको सूची पनि निकालेको छ ।
बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बंैिकङ्गः ९०१२२७७५५, एसएमएसः ३४४८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न पनि बैंकले अनुरोध गरेको छ ।
बैंकले मोबाइल बैंकिङ्ग तथा ईन्टरनेट बंैिकङ्ग लगायत विद्युतीय बैंकिङ्ग माध्यमबाट अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क गरिसकेको पनि जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्