१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डब्ल्यूएचओका महानिर्देशक र स्वास्थ्यमन्त्री खतिवडाबीच भेटवार्ता


13
Shares

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग भेटवार्ता गर्नुभएको छ ।

मन्त्री खतिवडाको निमन्त्रणामा नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आइपुग्नु भएका डा. गेब्रेयससले स्वास्थ्य मन्त्रालयमै पुगेर मन्त्री खतिवडालाई भेट्नुभएको हो ।

भेटवार्ताको क्रममा नेपालमा औषधि उत्पादनका लागि सहयोग गर्न महानिर्देशक गेब्रेयससलाई आग्रह गरिएको र उहाँले सकारात्मक प्रतिक्रिया दिनुभएको मन्त्री खतिवडाले बताउनुभयो । त्यसगरी मातृ तथा बाल स्वास्थ्य सहकार्य केन्द्रको स्थापना र हेटौंडामा रहेको किटजन्य रोगको अध्ययन तथा तालिम केन्द्रको विकासका लागि नेपालको तर्फबाट कुरा राखिएको उहाँले जानकारी दिनुभयो ।

महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले भोलि प्रधानमन्त्री र राष्ट्रपतिसँग भेट्ने कार्यक्रम र छ । त्यसैगरी उहाँले टेकु अस्पतालमा रहेको ल्याव निरिक्षण गर्ने, पाटन स्कुलको निरिक्षण गर्ने लगायतको कार्यक्रम समेत रहेको छ । भेटवार्ताको क्रममा उहाँले कोभिड–१९ को खोप लगाउने सम्बन्धमा नेपालले नमुना योग्य काम गरेको भन्दै प्रशंसा गर्नुभएको मन्त्री खतिवडाले बताउनुभयो ।