
काठमाडौं । नेकपा (माओवादी केन्द्र) गोलबजार नगपालिकाको नगर कमिटीले नगर प्रमुखमा पाँच जनाको नाम सिफारिस गरेको छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कमिटीले मेयरमा जगत यादव, प्रवेश लामा, कृष्णकुमार लामा, देवनाथ शाह, रामचन्द्र महतोको नामा सिफारिस गरेको हो ।
यस्तै, उप–प्रमुखमा रेशमकुमारी थापा, अनिता लामा र बासना मोक्तानको नाम सिफारिस गरेको माओवादी केन्द्र गोलबजार कमिटीले जनाएको छ ।
निर्वाचन नजिकिएसँगै राजनीतिक पार्टीहरु उम्मेदवार सिफारिस र छनोटमा लागेका छन् ।
प्रतिक्रिया दिनुहोस्