१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने हो ? : देउवा


0
Shares

काठमाडौं, चैत्र १७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमापारि रोकिएका नेपालीलाई स्वदेश आउन दिनुपर्ने बताएका छन् ।

भारतबाट नेपाल फर्केका तर देशभित्र छिर्न नपाई दार्चुला सदरमुकाम पारी रहेका नेपालीलाई प्रक्रिया पुर्याएर नेपाल आउन दिनुपर्ने माग देउवाको छ ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत देउवाले आफ्नै देशमा आउन पनि नारा जुलुश किन गर्नुपर्ने हो ? भन्दै प्रश्न गरेका हुन् ।

नाराजुलुश गरेको भिडियो राख्दै देउवाले ट्वीटरमा लेखेका छन्, ‘आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने यो के हो ? दार्चुला सदरमुकाम पारी भारतको धार्चुलामा रहेका सयौं नेपालीलाई आवश्यक प्रक्रिया पुरा गरेर तत्काल नेपाल आउने वातावरण बनाउन म सरकारसँग जोडदार माग गर्दछु ।’