
दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका(६ ग्वानीमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।
शान्तिपूर्ण र्याली गरिरहेको समयमा कांग्रेसका कार्यकर्ताले आफूमाथी ढुंगा र सिसाका बोतल प्रहार गरेको एमालेका कार्यकर्ता राजेश विष्टले बताउनुभयो । झडपमा गाडीका सिसा फुटाइएको र केही एमालेका कार्यकर्ता घाइते भएको विष्टले बताउनुभयो । घाइतेको टाउकोमा चोट लागेको छ ।
प्रहरीले भने उक्त घटनालाई सामान्य विवाद भएको बताएको छ। नेकपा एमालेका कार्यकर्ताले घरदैलो कार्यक्रम गरिरहेका बेला कांग्रेसका कार्यकर्तासँग सामान्य विवाद भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक धुब्र विष्टले बताउनुभयो ।
विवादका क्रममा एमालेका दुई जना कार्यकर्तालाई सामान्य चोट लागेको उहाँले बताउनुभयो । शुक्रबार दिउँसो करिब साढे १२ बजेतिर नेकपा एमालेका कार्यकर्ताले घरदैलो गरिरहेका बेला कांग्रेसका कार्यकर्तासँग मुठभेड भएको थियो ।
प्रतिक्रिया दिनुहोस्