१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


स्वास्थ्य समस्या आए घरमै स्वास्थ्यकर्मी


0
Shares

मंगलबारे, चैत १७ । देउमाई नगरपालिकाले लकडाउनको समयमा स्वास्थ्य समस्या आएमा घर घरमा पुगी नगरवासीलाई सेवा दिने जनाएको छ ।

कोराना भाइरस (कोभिड १९ ) को जोखिम हुन नदिन लकडाउनमा सम्भावित स्वास्थ्य समस्यालाई  सम्बोधन गर्न यस्तो व्यवस्था मिलाएको वडा न ४ का वडाध्यक्ष राजेन्द्र बाँस्तोलाले जानकारी दिए ।

उनले घरभित्र रही लकडाउनलाई पालना गर्न र भाइरसको जोखिम हुन नदिन आग्रह गरे । नगरपालिकाको बैठकले सबै वडामा सम्बन्धित वडा अध्यक्षको संयोजकत्वमा पाँच सदस्यीय आपतकालिनन समिति गठन गरेको छ  ।

ती समितिले भारत लगायत अन्य देशबाट गाउँ आएकाको निगरानी राख्दै घरभित्रै क्वारेन्टाइनमा बस्न आग्रह समेत गरेको छ ।

वडा न ५ का वडाध्यक्ष दिलीपकुमार कार्कीले लकडाउनको समयमा गरिव तथा विपन्नका लागि नुन, तेल र चामल नि:शुल्क वितरण गरिने जानकारी दिए । रासस