१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


एनआईसी एशिया बैंकको सहायता केन्द्र


0
Shares

काठमाडौं, चैत १७ । लकडाउनका समयमा ग्राहकको सेवा तथा सुविधाका लागि भन्दै एनआईसी एशिया बैंकले ग्राहक सहायता केन्द्र स्थापना गरेको छ ।

बैंकले एक विज्ञप्ति निकाली प्रादेशिक तथा उपप्रादेशिक तहमा यस्ता ग्राहक सहायता केन्द्र स्थापना गरेको जानकारी दिएको हो ।

बैंकले ग्राहकका समस्या तथा गुनासाका समाधान फोनबाटै मिलाउनको लागि प्रादेशिक तथा उपप्रादेशिक तहमा ‘ग्राहक सहायता केन्द्र स्थापना गरेको जनाइएको छ ।