
काठमाडौं । नेपाली कांग्रेस चितवनले गठबन्धन विरोधी गतिविधि नगर्न कार्यकर्तालाई सचेत गराएको छ ।
जिल्ला सभापति राजेश्वर खनालले शुक्रबार विज्ञप्ति जारी गर्दै केन्द्रीय परिपत्र भन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउन पार्टीका सबै नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
गठबन्धनलाई नकरात्मक प्रभाव पर्नेगरी केन्द्रीय परिपत्र भन्दा बाहिर गएर कुनै गतिविधि नगर्न विज्ञप्तिमा भनिएको छ । गठबन्धनलाई पूर्ण पालना गरी अघि बढ्ने प्रतिवद्धता पनि चितवन कांग्रेसले जनाएको छ ।
यसअघि कांग्रेस चितवनले भरतपुर महानगरपालिकाको मेयर पार्टीले पाएमात्रै गठबन्धन स्वीकार गर्ने निर्णय गरेको थियो । महानगरभित्र अगुवा नेता र कार्यकर्ताले गठबन्धनको विरोध गरेपछि सभापति खनालको केन्द्रका शीर्ष नेतालाई भेटेर भरपुरमा कांग्रेसलाई नै उम्मेदावार बनाउनु पर्ने भन्दै दबाब दिनुभएको थियो । तर केन्द्रीय गठबन्धनले भरतपुरको मेयर माओवादी केन्द्रले पाउनेगरी भागबण्डा टुंग्याएको थियो ।
प्रतिक्रिया दिनुहोस्