१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मेयर र अध्यक्षमा चुनाव लड्न दुई उपसचिवद्वारा राजीनामा


4.992k
Shares

नवलपरासी । नगरपालिकाको मेयर र गाउँपालिकाको अध्यक्षमा चुनाव लड्न नेपाल सरकारका दुई जना उपसचिवले जागिर छाडेका छन् ।

पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको मेयरमा उम्मेदवार हुन उपसचिव विष्णुप्रसाद भुसालले जागिरबाट राजीनामा दिनुभएको हो ।

बुलिङटार गाउँपालिकाको अध्यक्षमा चुनाव लड्न डोलराज पाण्डेले उपसचिवबाट स्वेच्छिक अवकाश लिनुभएको हो । उनीहरू दुवैजना नेपाली कांग्रेसबाट उमेद्वारका आकांक्षी हुन् ।

मेयर पदमा चुनाव लड्न खोज्नुभएका भुसालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट राजीनामा दिनुभएको हो ।

पाण्डेले शिक्षा विकास तथा समन्वय इकाई पश्चिम नवलपरासीको उपसचिवबाट स्वेच्छिक अवकाश लिनुभएको हो ।

भुसालले २२ वर्ष र पाण्डेले २८ वर्ष सरकारी सेवा गरिसक्नुभएको छ । उहाँ देवचुली नगरपालिका–१० र पाण्डे बुलिङटार–३ का स्थायी बासिन्दा हुनुहुन्छ ।

जागिर छाडेका दुवैले सरकारी सेवाको अनुभवले स्थानीय तहको विकास गर्ने सोचका साथ राजनीतिमा आएको बताएका छन् ।

पाण्डे उमेरका कारण १ वर्षपछि अवकाश हुँदै हुनुहुन्थ्यो भने भुसालको अवकाश पाउन ४ वर्ष बाँकी थियो ।