१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


दैनिक ज्यालादारी गर्नेको विवरण दुई दिनभित्र पठाउन निर्देशन


0
Shares

ललितपुर, चैत १७ । ललितपुर महानगरपालिकाले मातहतका वडाहरुलाई दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने श्रमिकहरुको विवरण दुई दिनभित्र महानगरपालिकामा पठाउन निर्देशन दिएको छ ।

ललितपुर महानगरपालिकाद्धारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ , ‘महानगरपालिकाको प्रत्येक वडाका अध्यक्ष र सदस्यलाई त्यस्ता व्यक्ति र परिवारको विवरण चैत १९ गते दिन १२ बजेभित्र बुझाउन अनुरोध गरिन्छ ।’

त्यसैगरी वडावासीलाई आ आफ्ना वडा अध्यक्ष र सदस्यसँग सम्पर्क गरी विवरण संकलन गर्ने काममा सहयोग गर्न समेत विज्ञप्तिमा उल्लेख छ ।

कोरानो भाइरस संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न नेपाल सरकारले गरेको लकडाउनको निर्णयका कारण दैनिक ज्यालादारी गर्नेहरुलाई जीविकोपार्जन गर्न कठिन भएको छ ।

त्यस्ता श्रमिकलाई लकडाउनका कारण जीवन धान्न अप्ठ्यारो नपरोस् भनेर महानगरपालिको उक्त विवरण संकलन गर्न लागेको जनाइएको छ । विवरण प्राप्त भएपछि त्यस्ता श्रमिकलाई राहत प्रदान गरिनेछ विज्ञप्तिमा उल्लेख छ ।