
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि एमालेले घोषणापत्र सार्वजनिक गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी गरिएको घोषणापत्रमा विभिन्न ६ वटा संकल्प गरिएको छ ।
एमालेले जनप्रतिनिधिलाई शासक नभई जनताको सेवक भनेको छ । एमालेले अघि सारेको संकल्पअनुसार :
हाम्रा जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक हुने छन् ।
हाम्रा जनप्रतिनिधिहरू सामाजिक जागरण र विकासका अभियन्ता हुने छन् ।
हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनमा नमुना बन्ने छन् ।
हाम्रा जनप्रतिनिधिहरूले सदाचारमा दृष्टान्त स्थापित गर्ने छन् ।
हाम्रा जनप्रतिनिधिहरूले आफूले कुनै भ्रष्टाचार गर्ने छैनन् र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने छन् ।
हाम्रा जनप्रतिनिधिहरूले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानूनी कारबाहीको दायरामा पुर्याउन अग्रणी भूमिका खेल्ने छन् ।
प्रतिक्रिया दिनुहोस्