Logo २८ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025


कांग्रेस जनकपुर उपमहानगर समितिका सभापति मनोज साहले पार्टी त्यागे


455
Shares

काठमाडौं । सत्ता गठबन्धनले गरेको भागबन्डामा मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका जसपाले पाएपछि असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस जनकपुर उपमहानगरपालिका सभापति मनोजकुमार साहले पार्टी छोड्नुभएको छ ।

शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी उहाँले कांग्रेस छोड्नुभएको हो । साहले पार्टीबाट राजीनामा दिएर स्वतन्त्र रूपमा मेयर पदमा उम्मेदवारी दिने जनाउनुभएको छ ।

‘नेपाली कांग्रेसले जनकपुरको सन्दर्भमा गरेको गलत निर्णय सच्याउन यसअघि २४ घन्टे अल्टिमेटम दिएका थियौं, नभए कठोर कदम चाल्न बाध्य हुनेसमेत भनेका थियौं,’ साहले भन्नुभयो, ‘तर पार्टीले त्यो कुराको सुनुवाइ नगरेपछि नेपाली कांग्रेस परित्याग गरेको हो ।’ उहाँसँगै सबै नगर वडा सभापतिहरूले पनि कांग्रेस छाडेका छन् ।