१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


शासक दमनमा उत्रिएपछि विद्रोहको सुरु भयो : अध्यक्ष ओली


260
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले समाजको विकासक्रमको व्याख्या गर्दै शासक दमनमा उत्रिएपछि विद्रोह हुनेक्रम सुरु भएको बताउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले शासक दमनमा उत्रिएपछि आवश्यकताले विद्रोह जन्मिँदै आएको बताउनुभयो ।

‘पहिले शासनका लागि संगठनहरु बन्न थाले । जब शासनहरु तानाशाह हुन थाले, दमनकारी हुन थाले । र समुदायभित्र नै एउटा शासक, अर्को शासित । एउटा मालिक, अर्को दासको प्रचलन सुरु हुन थाल्यो । त्यसपछि विद्रोहको आवश्यकता भयो,’ अध्यक्ष ओलीले भन्नुभयो ।

राज्य तानाशाह र दमनकारी अब रहन नसक्ने भन्दै उनले तानाशाह र दमनकारीविरुद्ध जनता उत्रिने बताए ।