
सप्तरी । सप्तरी सदरमुकाम राजविराज नगरपालिका मेयर शम्भु यादवले शुक्रबार पदबाट राजीनामा दिनुभएको छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा उनी तत्कालीन राजपा तर्फबाट मेयर पदमा विजयी हुनुभएको थियो । उहाँ जनता समाजवादी पार्टीबाट अध्यक्ष पदमा उम्मेदवारको आकांक्षी हुनुहुन्छ । यादव पुन मेयरमा उम्मेदवारी दिनका लागि राजीनामा दिनुभएको हो ।
बहालवाला जनप्रतिनिधि पुनः उम्मेदवार हुन चाहनेले हाल कायम रहेको पदबाट राजीनामा दिनुपर्ने व्यवस्थाअनुरुप राजीनामा दिएको अध्यक्ष यादवले बताउनुयो ।
प्रतिक्रिया दिनुहोस्