८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


माओवादीबाट गाउँपालिका अध्यक्षका लागि ८ जनाको नाम सिफारिस, गोलाप्रथाबाट छनोट


923
Shares

काठमाडौं । आगामी स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले चंखेली गाउँपालिका अध्यक्ष पदका लागि गोलाप्रथा गरेर उम्मेदवार छनोट गरेको छ ।

माओवादीबाट चंखेली गाउँपालिकाको अध्यक्षका लागि अध्यक्ष पदका लागि ८ जना आकांक्षीको नाम गाउँपालिका समितिबाट सिफारिस गरिएपछि अध्यक्ष चयनका लागि गोला प्रथा गरिएको नेकपा माओवादी जिल्ला समन्नय समिति संयोजक डा. दिपेन्द्र रोकायाले बताउनुभयो ।

माओवादी केन्द्रले चंखिली गाउपालिका अध्यक्ष छनोटका लागि गरिएको गोलाप्रथामा दुई जनालाई सहभागी गराउँदा गोविन्दबहादुर शाही (प्रज्वलन) छानिएका छन् । गोला प्रथामा सहभागी अर्का आकांक्षी सुरवीर ऐडी थिए ।

अध्यक्षका आकांक्षी गोविन्दबहादुर शाही, कालीबहादुर बुढा, कुलप्रसाद चौलागाईं, अजवीर बुढा, वर्षबहादुर शाही, शेरबहादुर पाल, धुर्बबहादुर शाही, सुरवीर ऐडी रहेका थिए । गोलाप्रथाबाट टिकट वितरण गरेपछि आकांक्षीमा असन्तुष्टि बढेको छ ।

हुम्लाको ताजाँकोट, अदानचुली, सर्केगार्ड, खापुनार्थ, सिमकोट, नाम्खा गाउँपालिका भने विवादित देखिएको छ । अर्का अध्यक्षका आकांक्षी ध्रुवबहादुर शाहीले विचार सकिएपछि आध्यात्मिक चिन्तन बोकेर गोलाप्रथाबाट टिकट वितरण गरेको गुनासो गर्नुभएको छ ।

त्यसक्रमा शाही र माओवादीको पूर्व जिल्ला अध्यक्ष एवं प्रदेश कमिटी सदस्य लालकेश जैशीबीच हात हालाहालको अवस्थासमेत आएको थियो ।

गोलाप्रथा गर्ने कार्यक्रममा माओवादीका केन्द्रीय सदस्य विजय भण्डारी र छक्कबहादुर लामा लगायतको सहभागिता रहेको जनाइएको छ ।