
काठमाडाैं । आज (शनिबार) बिहान गण्डकी प्रदेश र प्रदेश-२ का पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ ।
साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । शनिबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।
साथै देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ। शनिबार राती भने देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
साथै प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्