९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरि सर्‍यो


299
Shares

काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा महानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवार चयनका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरि सरेको छ ।

शनिबार बिहान ११ बजेका लागि तय भएको बैठक आजै दिउँसो २ बजे बस्ने गरी सारिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कार्यसम्पादन बैठकअघि पार्टीका शीर्ष नेताहरूबीच बालुवाटारमा अनौपचारिक छलफल भएको कांग्रेसले जनाएको छ ।

शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आज ११ बजेका लागि सारिएको थियो ।

सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीबीच मेयर उपमेयरबारे बालुवाटारमा सहमति गरेर सानेपा जान चाहेपछि बैठक सरेको बुझिएको छ । सहमतिको खोजीमा शुक्रबार रातिसम्म बालुवाटारमा छलफल भएको थियो । उक्त छलफलमा सहमति हुन सकेको थिएन् ।