६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


आईपीएलमा आज दुई खेल हुँदै


156
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज शनिबार दुई खेलहरु हुँदैछन् ।

पहिलो खेलमा कोलकत्ता नाइट राइडर्स र गुजरात टाइटन्सबीच दिउँसो पौने ४ बजे मुम्बईमा प्रतिस्पर्धा हुनेछ ।

कोलकत्ता आज चौंथो जित निकाल्ने योजनामा रहेको छ भने गुजरात छैटौं जितको खोजीमा रहेको छ ।

कोलकत्ता ७ खेलमा ६ अंक जोडेर सातौं स्थानमा रहेको छ । यस्तै, गुजरात ६ खेल १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरावादबीच राति पौने ८ बजे प्रतिस्पर्धा हुनेछ ।

बैंगलोर तेस्रो स्थान रहेको छ भने हैदरावाद पाँचौं स्थानमा रहेको छ ।