
रसुवा । नेकपा (माओवादी केन्द्र) रसुवाले उम्मेदवार छान्न मतदान गरेको छ ।
उम्मेदवारका आकांक्षी धेरै भएपछि कालिका गाउँपालिकामा उम्मेदवार छनोटका लागि मतदान गरिएको हो ।
गाउँपालिका अध्यक्षमा सोमबहादुर तामाङ र अर्जुन देवकोटाको दाबी रहेपछि मतदान भएको नेकपा (माओवादी केन्द्र) रसुवाका संयोजक मेघनाथ घिमिरेले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्षमा सहमति हुन नसकेपछि मतदान गरिएको उहाँको भनाइ छ ।
मत परिणामअनुसार तामाङले ३४ र देवकोटाले १८ मत प्राप्त गरेका छन् । जम्मा ५२ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्