
काठमाडौं । सामसुङ् इलोक्ट्रोनिक्सले ए सिरिजका तीन मोबाइल फोन नेपालमा सार्वजनिक गरेको छ ।
कम्पनीले शुक्रबार पत्रकार सम्मेलन गरि ग्यालेक्सी ए ७३, ग्यालेक्सी ए ५३ र ग्यालेक्सी ए ३३ नेपाली बजारमा सार्वजनिक गरेको हो ।
ग्यालेक्सी ए सिरिजमा नयाँ प्रोसेसर, ओआइएस सहितको ग्यालेक्सीको सिग्नेचर एआई क्यामेरा, विस्तारित र स्मुथ डिस्प्ले, आईपी ६७ रेटिङ् र लामो समयसम्म चल्ने ब्याट्री लाइफ, फाइभजी कनेक्टिभिटी, डिफेन्स ग्रेड सेक्युरिटी र अन्य सुविधाहरू रहेको छ ।
८ जिबी र्याम र २५६ जिबी स्टोरेज भएको ग्यालेक्सी ए ७३ मोबाइलको मूल्य ७२ हजार ९ सय ९९ रुपैयाँ तोकेको कम्पनीले ८ जिबी र्याम र १२८ जिबी स्टोरेज भएको ग्यालेक्सी ए ५३ को मूल्य ५५ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ ।
यस्तै, पर्ने त्यसैगरी ८ जिबी र्याम र १२८ जिबी स्टोरेज भएको ग्यालेक्सी ए ३३ मोबाइलको मूल्य ४६ हजार ९ सय ९९ रुपैयाँ कम्पनीले तोकेको छ ।
प्रतिक्रिया दिनुहोस्