१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


बाहिरबाट आएकालाई गाउँ छिर्न बन्देज


0
Shares

पर्शुरामधाम, चैत १८ । डडेल्धुरा, अमरगढी २ डबरबाटाका युवाले गाउँमा बाह्य व्यक्तिलाई प्रवेश निषेध गरेका छन् ।

विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस संक्रमणबाट गाउँलाई बचाउन बाह्य व्यक्तिलाई प्रवेश निषेध गरिएको हो ।

भारतलगायत अन्य ठाउँबाट मानिस जथाभावी गाउँमा प्रवेश गरिरहेकाले गाउँमा कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै युवाले यस्तो गर्न बाध्य भएको बताएका छन् ।

भारतबाट स्वास्थ्यजाँच नगरी छिमेकी गाउँमा मानिस प्रवेश गरिसकेकाले  प्रवेश निषेध गरिएको शिवम भण्डारीले बताउनुभयो ।

अमरगढी नगरपालिका २ र ३ महाभारतबाट आएका युवा क्वारेन्टाइनमा बस्न अटेर गरिरहेका छन् । सीमा क्षेत्रमा जाँच गरेर घर फर्किएकालाई जनप्रतिनिधि घरघरमा गएर सम्झाइबुझाई गरिरहेका छन् । रासस