
पाल्पा । पाल्पाका महिलाहरू व्यावसायिक कृषिमा अग्रसर देखिएका छन् ।
परम्परागत कृषि प्रणालीबाट व्यावसायिक बन्दै पाल्पाका महिलाहरूले कृषि उत्पादनको विविधिकरणमा जोड दिएका छन् । कृषिका फरक–फरक वस्तुहरू उत्पादन गरेर पाल्पा माडीका महिला कृषकहरू नमुना बनेका छन् ।
पाल्पा माडीका कोही तरकारी, खेतीमा, कोही तरबुजा खेती गरेर नमुना कृषकको रूपमा आफ्नो चिनारी बनाएका छन् । कोही कृषक भने माछापालनमा लागेर जिल्लामा माछापालनको सम्भावनालाई व्यवहारमा उतारेका छन् ।
बगनासकाली गाउँपालिका–१ चिरतुङधारा र माडीवेलटारी–२ को पोखराथोक गोरसतका महिलाहरू, व्यावसायिक कृषि उत्पादनमा लागेका हुन् । महिलाहरु मल्चिङ प्रविधिको प्रयोग गरेर खेतीपातीमा सक्रिय भएका हुन् ।
माडी बेलटारीका सात घरले तीन वर्षदेखि व्यावसायिक रूपमा तरबुजा खेती गर्दै आएका छन् । नयाँ खेती भए पनि राम्रो उत्पादन र आम्दानी दिएपछि अन्य महिला किसान पनि खेतीमा आकर्षित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्