१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


चार वर्षीया बालिका बलात्कारको आरोपमा २२ वर्षीय युवक पक्राउ


910
Shares

पर्वत । चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक युवालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार म्याग्दीको बेनी नगरपालिका–४ घर भई हाल पर्वतको जलजला गाउँपालिका–३ वारी बेनीमा डेरा गरी बस्दै आएका २२ वर्षीय सन्देश छिनाललाई नियन्त्रणमा लिइएको हो ।

छिनालमाथि वैशाख ८ गते साँझ ७ बजेको समयमा वारी बेनीकै चार वर्षीया बालिका बलात्कार गरेको अभियोग लागेको छ ।

छिनालले जबरजस्ती करणी गरेपछि बालिका बेहोस भएको र सोही अवस्थामा आफूहरूे फेला पारेर उपचारका लागि बेनी अस्पताल लगेको आफन्तले बनाएको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा सूचना पाएलगत्तै प्रहरी चौकी वारी बेनीका प्रहरी सहायक निरीक्षक बिराज ढकालको नेतृत्वमा पुगेको प्रहरीको टोलीले छिनाललाई घटना भएको भनिएकै मिति वैशाख ८ मा नियन्त्रणमा लिएको हो ।

प्रहरी नियन्त्रणमा रहेका उनलाई करणीसम्बन्धी कसुरअन्तर्गत जबरजस्ती करणी गर्न नहुने शीर्षकमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट पहिलो पटक १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।