
अर्घाखाँची, चैत १८ । अर्घाखाँचीबाट गत सोमबारसम्म सात जनालाई बुटवल रिफर गरिएको छ ।
कोरोनाको आशंकामा उनीहरुलाई नमूना संकलनका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको थियो ।
तीमध्ये चार जनाको स्वाव परीक्षण गर्दा उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ भने दुई जनाको रिपोर्ट आउन बाँकी रहेको अर्घाखाँची अस्पतालका प्रमुख कपिल गौतमले जानकारी दिए
सात जनामध्ये एक जनाको भने स्वाब नलिइ फिर्ता पठाइएको छ । जिल्लामा हालसम्म क्वारेण्टाइन बेड ४ सय ४४ छन् भने क्वारेन्टाइनमा ३५ जना रहेको बताइएको छ
यता होम क्वारेन्टाइनमा १३ जना र आइसोलेसनमा ५ जना छन् ।
प्रतिक्रिया दिनुहोस्