
धादिङ, चैत १८ । कडाउनका कारण धादिङका किसानहरुले उत्पादन गरेको तरकारी बिक्रीमा समस्या भएको छ ।
सरकारले लकडाउनको बेला अति आवश्यक उपभोग्य वस्तुहरुको ढुवानी सहज बनाउने भने पनि धादिङका किसानलाई तरकारी बिक्रीमा समस्या भएको छ ।
तरकारी, दूध, फलफूललगायत अन्य उपभोग्य वस्तुहरु बिक्रीका लागि बजार पुर्याउने व्यवस्था गरिए पनि सिमित सवारी साधन चल्दा धादिङमा उत्पादित तरकारी बजार पुर्याउन नसकेको किसानहरुले गुनासो गरेका छन् ।
समयमा नै बजार पर्ुयाउन नसक्दा बन्दा, मुला, सिमी लौकाजस्ता तरकारीहरु बारीमा नै छिपिन थालेको छ ।
तरकारी संकलन केन्द्रहरुले धेरै जनाको भिडभाड हुन नदिएका कारण पनि किसानलाई सहकारीमा तरकारी पर्याउन समस्या परेको छ ।
प्रतिक्रिया दिनुहोस्