
काठमाडौं । साताको पहिलो दिन आज आइतबार बजारमा सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ४ सयले घटेर १ लाख ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
तेजावी सुन प्रतितोलामा १ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य भने बुधबार स्थिर रहेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्