२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भक्तपुरमा स्थानीय उत्पादनको एकदिने हाट बजार


234
Shares

काठमाडौं । भक्तपुरमा स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्ने उद्देश्यले हाट बजार सञ्चालन गरिएको छ ।

जुजु इभेण्टसको सहकार्यमा भक्तपुरको दरवार क्षेत्रस्थित वत्सला गार्डेन रेष्टुराँमा एकदिने बजार सञ्चालन गरिएको हो ।

हाट बजारमा स्थानीय स्तरमा उत्पादित खाद्यान्न, हस्तकला, कृषि उत्पादन, नेपाली कपडा लगायतका २५ वटा स्टलहरु राखिएको थियो ।

हाट बजारको उद्घाट्न गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्ने कार्यक्रमले बस्तु आयात प्रतिस्थापन हुने विश्वास व्यक्त गर्नुभयो ।

भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धरले स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्ने चेम्बरको अभियानलाई सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जुजु इभेण्टसका सुशान्त सुवाल, आसिम वेंजु, नेपाल चेम्बरका रोशन भोयद्यो, परशुराम दाहाल लगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्सले नयाँ वर्ष २०७९ को सन्दर्भमा प्रकाशित क्यालेण्डर विमोचन गरिएको थियो ।