१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


२७ औँ क्यान इन्फोटेकको मुख्य प्रायोजकमा आइएमई पे, एक रुपैयाँ प्रवेश शुल्क


52
Shares

काठमाडौं । वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको आइएमईपे क्यान इन्फोटेक २०२२ मेलाको मुख्य प्रायोजक आइएमई ग्रुपद्वारा सञ्चालित डिजिटल वालेट आइएमई पे रहेको छ ।

आइएमई पेले काठमाडौंमा विशेष पत्रकार सम्मेलनको आयोजना गरि उक्त कुराको जानकारी दिइएको हो । सूचना तथा संचार प्रविधि र मनोरञ्जन सम्बन्धि देशको एकमात्र प्रदर्शनी (क्यान इन्फोटेक ) को यो २७औँ संस्करण हो । यसअघि कोरोनाका कारण नेपाल सरकारका निर्णयहरूलाई ध्यानमा राख्दै २ पटक यो प्रदर्शनी स्थगित भएको थियो । विगतमा सबै प्रदेशमा आयोजना हुने प्रदर्शनी यो पटक काठमाडौँमा मात्र भएको हो । विगत वर्षहरूमा आयोजना हुन नसकेका कारण पनि यो पटक सम्बन्धित सरोकारवालाहरूमा मेलाप्रति उत्साह देखिएको आयोजकको भनाई छ ।

मेलाले कोरोनाका कारण प्रभावित सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा सम्बन्धित पक्षहरूलाई राहत तथा सहयोग पुग्ने अपेक्षा क्यान महासंघले लिएको छ ।