२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ललितपुरमा कांग्रेस र माओवादीको मात्र गठबन्धन


3.679k
Shares

काठमाडौं । ललितपुरमा कांग्रेस र माओवाद केन्द्रबीच मात्र गठबन्धन भएको छ । ६ वटा स्थानीय तह रहेको ललितपुरमा चारवटा कांग्रेस र २ वटा माओवादी केन्द्रले पाएको छ । ललितपुरमा गठबन्धनको एकीकृत समाजवादी र जसपा समेटिएन ।

ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, बागमती नगरपालिका र महांकाल गाउँपालिको प्रमुख कांग्रेसले पाएको छ । गोदावरी प्रमुख र उपप्रमुख दुबै कांग्रेसले पाएको छ ।

महालक्ष्मी नगरपालिका र कोन्ज्योसोम गाउँपालिका माओवादी र उप्रमुख कांग्रेसले पाएको छ ।

१ः ललितपुर महानगरपालिका
प्रमुख : नेपाली कांग्रेस
उपप्रमुख : नेकपा माओवादी केन्द्र
२ः गोदावरी नगरपालिका
प्रमुखः नेपाली काग्रेस
उपप्रमुखः नेपाली काग्रेस
३ : महालक्ष्मी नगरपालिका
प्रमुखः नेकपा माओवादी केन्द्र
उपप्रमुखः नेपाली काग्रेस
४ : कोन्ज्योसोम गाउँपालिका
अध्यक्ष : नेकपा माओवादी केन्द्र
उपाध्यक्ष : नेपाली कांग्रेस
५ : बागमती गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा माओवादी केन्द्र
६ : महांकाल गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्ष : नेकपा माओवादी केन्द्र