३ चैत्र २०८१, आइतबार | Mon Mar 17 2025


९५ अंकले बढ्यो शेयर बजार


91
Shares

काठमाडौं । निरन्तरजसो वियरिष ट्रेण्डमा रहेको शेयर बजारमा आइतबार सय अंक बराबरको फराकिलो छलाङ आयो ।

उतार चढावबीच बजार परिसूचक नेप्से ९५ अंकले उकालो लागेर २४ सय २० पुग्यो ।

सबै समूहमा हरियाली छाउँदा कारोबार पनि बढेर साढें २ अर्ब नाघ्यो । दुबै बीमा समूहमा उच्च ४ सय अंक माथिको बृद्धि आयो । विकास बैंक समूह पनि अढाई सय अंकले बढ्यो ।

जलविद्युत र लघुवित्त समूहमा पनि २ सय अंक हाराहारीको बृद्धि आयो । अरु पनि अधिकांश समूह दोहोरो अंकले बढे । आज कारोबार भएका सबैजसो कम्पनीका लगानीकर्ताले कमाए ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३८ कम्पनीको ६६ लाख ४० हजार बराबर कित्ता शेयर २ अर्ब ५३ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस्तै, १ सय ९२ कम्पनीको मूल्य बढ्दा जम्मा एक कम्पनीको घट्यो भने एकको स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।