
काठमाडौं, चैत्र १८ । घरायसी प्रयोगको सामान विक्रेता कम्पनी सेल्सबेरी र सेल्सवेजले कोरोना भाइरसको संकटबाट जुध्न सरकारले बनाएको कोषमा २५ लाख सहयोग गरेका छन् ।
यि दुई नाममा २९ वर्षदेखि सुपरमार्केट सञ्चालन गरिरहेको कम्पनीले यसअघि पनि देशमा बाढी, महाभूकम्प जस्ता विपद आइपर्दा सहयोग गर्दै आएको जनाएको छ ।
कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेपनि आफूहरुले उपभोक्ताका घर घरमा अत्यावश्यक सामान सुरक्षित तरिकाले आपूर्ति गरिरहेको कम्पनीले जनाएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीका संस्थापक सुशीलमान प्रधानाङ्ग र कम्पनीको तर्फबाट नेपाल सरकारले घोषणा गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने कम्पनीले विज्ञप्ति निकाली जनाएको हो ।
प्रतिक्रिया दिनुहोस्