
ओखलढुंगा । ओखलढुंगाका ८ वटै स्थानीय तहमा नेकपा एमालेले उम्मेदवारको टुंगो लगाएको छ ।
जिल्ला कमिटीले सिफारिस गरेका उम्मेदवारहरुको नामावाली मध्येबाट प्रदेश कमिटीले स्थानीय तहका प्रमुख र उपप्रमुख लगायतको उम्मेद्वारको टुंगो लगाएको हो ।
टुंगो लागेका उम्मेदवारहरु सिद्धिचरण नगरपालिकाको प्रमुखमा इच्छाकुमारी गुरुङ र उपप्रमुखमा केदारबाबु बस्नेत, सुनकोसी गाउँपालिकाको प्रमुखमा सुनिल खड्का र उप प्रमुखमा सरस्वती कार्की, मानेभन्ज्याङ गाउँपालिकाको प्रमुखमा रुपलाल तामाङ र उपप्रमुखमा अम्मता राई छन् ।
मोलुङ गाउँपालिकाको प्रमुखमा उत्तम राई र उपप्रमुखमा उर्मिला खतिवडा, खिजीदेम्बा गाउँपालिकाको प्रमुखमा रामबहादुर खत्री र उपप्रमुखमा कमला सुनुवार छन् ।
यस्तै चम्पादेवी गाउँपालिकाको प्रमूखमा खड्गबहादुर कार्की र उपप्रमुखमा सविला घिमिरे खतिवडा, लिखु गाउँपालिकाको प्रमुखमा मिलन विष्ट र उपप्रमुखमा अस्मिता थापा रहेका छन् ।
चिशंखुगढी गाउँपालिकाको प्रमुखमा अशोक थापा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्