
काठमाडौं । पोखरा महानगरपालिकाको मेयर बन्न आइतबार ११ जनाले मनोनयन दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले नाम दर्ता गरेका हुन् ।
राजनीतिक दलबाट भन्दा स्वतन्त्र उम्मेदवार धेरै छन् । पार्टीबाट ५ र स्वतन्त्र ६ जनाले उम्मेद्वारी दिएका हुन् ।
राप्रपाबाट गोविन्द गुरुङ, नेपाल जनता दलबाट मुक्तिराम सुवेदी, मौलिक जरोकीलो पार्टीका संजय तिमिल्सीना, मंगोल नेशनल अर्गनाइजेशनबाट प्रेमप्रसाद गुरुङ र सचेत नेपाली पार्टीबाट भोजराज खनालले मनोनयन दर्ता गराएका हुन् ।
स्वतन्त्रबाट खड्कराज पौडेल, किशानसिंह गुरुङ, नवराज बास्तोला, विमलबहादुर कार्की, रामराज अधिकारी र डिलबहादुर गुरुङले उम्मेद्वारी दर्ता गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै, उपमेयरमा ४ जनाले नाम दर्ता गरे । सचेत नेपाली पार्टीबाट सोनी परियार, मंगोल नेशनल अर्गनाइजेसनबाट रामबहादुर तामाङ, राप्रपा नेपालबाट चिना दवाडी र स्वतन्त्रबाट सोममाया विकको नाम दर्ता भएको कार्यालयले जनाएको छ ।
मुख्य पार्टीहरुले भने सोमबार मात्रै उम्मेद्वारी दर्ता गर्ने बताएका छन् । गठबन्धन र एमालेले अझै उम्मेद्वार टुंगो लगाएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्