२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कास्की कांग्रेसका नेताहरू चार घण्टादेखि थुनामा


1.729k
Shares

काठमाडौं । नेपाली कांग्रेस कास्कीका नेताहरूलाई कार्यकर्ताले कार्यालयभित्रै थुनिदिएका छन् ।

गठबन्धनमा भागठबण्डा राम्रो नभएको भन्दै उनीहरूले नेता थुनिदिएका हुन् ।

जिल्ला कार्यसम्पादन समितिको बैठक बसिरहेको बेला बैठकस्थलमै उनीहरू थुनिएका हुन् ।

पोखराको लेकसाइडस्थित एक होटेलमा गठबन्धन बैठक बसिरहेको र उक्त बैठकबाट कांग्रेस नेतालाई बोलाएर कार्यालयमा थुनेका हुन् ।

ठबन्धनका कारण जित्ने वडामा पनि हार्ने अवस्था आएको उनीहरूको आरोप छ । वडा नम्बर १८ का सभापति शिव तिमिल्सीनाको संयोजकत्वमा ताला लगाइएको हो ।

ताला अझै खोलिएको छैन । निर्णय फिर्ता नलिँदासम्म ताला नखोल्ने उनीहरूले बताएका छन् । असन्तुष्टहरूले पार्टी कार्यालयमा नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् ।