१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


घोराहीमा गठबन्धनले गर्‍यो वडा बाँडफाँड


338
Shares

काठमाडौं । घोराही उपमहानगरपालिकाका मेयर र उपमेयर बाँडफाँड गरेको सत्ता गठबन्धनले शनिबार वडा बाँडफाँड टुंगाएको छ ।

मेयर माओवादी केन्द्रलाई र उपमेयर कांग्रेसलाई छुट्ट्याएको गठबन्धनले १९ वडा दलगतरुपमा विभाजन गरेको छ ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सचिव आरके शीतलका अनुसार उपमहानगरपालिकाका १३ वडा नेपाली कांग्रेसलाई, ४ वडा माओवादी केन्द्रलाई र २ वडा एकीकृत समाजवादीलाई दिने सहमति भएको छ ।

नेपाली कांग्रेसले १३ वडामा अध्यक्ष पाउने छ । सचिव आरके शीतलका अनुसार कांग्रेसले वडा नम्बर २, ३, ५, ६, ७, ८, १०, ११, १३, १५, १६, १८, १९ को अध्यक्ष पाउने छ । भने माओवादी केन्द्रले वडा नम्बर ९, १२, १४, १७ पाएको छ । त्यस्तै समाजवादीले वडा नम्बर १ र ४ को अध्यक्ष पाएको छ ।

जिल्लामा भएको लामो छलफल र संवाद पछि सत्ता गठबन्धन दलले घोराहीका वडा विभाजन गरेर साझा उम्मेदवार बनाउन सहमत भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा विभाजनका शनिबार अवेरसम्म पनि गठबन्धन दल छलफलमै रहेका थिए । भने गाउँपालिकाको बाँडफाँड आइतबार अबेर सम्ममा टुंगाउने तयारी गरिएको छ ।