१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अमेरिकी विदेशमन्त्री एन्टोनी युक्रेन भ्रमणमा


78
Shares

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षा प्रमुख लोयड अस्टिन समेत युक्रेन भ्रमणमा पुगेका छन् ।

युक्रेनका राष्ट्रपति भोलाेदिमीर जेलेन्स्कीलाई भेट्न उनीहरू युक्रेनका किभ पुगेका थिए । रुस र युक्रेनबिच जारी युद्धको ताजा अवस्था बुझ्न र युद्धबिरामको उपायका विषयमा छलफल गर्न युक्रेन पुगेको बुझिएको छ ।

युक्रेनको मारियुपोल शहर रुसको कब्जामा गइसकेको छ भने अन्य शहरहरुमा पनि रुसले आक्रमण जारी राखेको छ । मरियुपोल शहरमा रहेको स्टील प्लान्टमा फसेका युक्रेनी नागरिहरुको उद्धारको प्रयास जारी रहेको र त्यहाँ मानवीय मार्गहरु प्रशस्त गर्नका लागि उपायहरु अवलम्बन गरिएको युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेस्चुकले जानकारी दिएका छन् ।

यसैबिच रुसले युक्रेनको दक्षिणी शहर खेरसनमा जनमत संग्रह गर्न लागेको बेलायतले पुष्टि गरेको छ । बेलायती रक्षा मन्त्रालयले रुसले त्यहाँ जनमत संग्रह गर्न लागेको जानकारी दिंदै रुसको कदम गलत भएको प्रतिक्रिया दिएको छ ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने यसअघि नै रुसले जनमत संग्रह गरे रुसँंगका वार्ता भंग हुने चेतावनी दिएका छन् ।