६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना


1.118k
Shares

काठमाडाै‌ । हाल देशका पहाडी भू-भागमा स्थानीय वायुकाे प्रभाव रहेको छ। 

आज (साेमबार) बिहान प्रदेश-१ मा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । साेमबार दिउँसो भने  देशका पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ।

बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा  मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

साेमबार राती भने देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। 

प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।