१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


ट्रम्पले भने आउँदा हप्ता निकै पीडादायी हुनेछ, कोरोनाबाट एक लाखभन्दा बढीको मृत्यु हुने चेतावनी


0
Shares

एजेन्सी, चैत्र १९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका कारण अमेरिकामा कम्तिमा एक लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएका छन् ।

ह्वाइट हाउसमा प्रेस सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले अबको दुई हप्ता निकै जोखिमपूर्ण र कठिन हुने भन्दै ज्यान जानेको संख्या दुई लाख ४० हजारसम्म पुग्न सक्ने पनि बताए ।

सबै अमेरिकीलाई अनिवार्य रुपमा सामाजिक दूरी कायम गर्न अपिल गर्दै उनले वरिष्ठ स्वास्थ्य विज्ञका सल्लाहलाई पालना गर्दै भाइरसको संक्रमणबाट जोगिन सावधानी अपनाउन आग्रह गरे ।

यसअघि कोरोना भाइरस मात्रै फ्लू रहेको र यसलाई छलको संज्ञा दिने ट्रम्प अहिले भने निकै नै ‘त्रसित’ देखिएको खबरहरुमा उल्लेख छ ।

उनले केही दिनअघिसम्म अमेरिकी जनजीवन सामान्य अवस्थामा चाँडै फर्किने बताउँदै आएका उनी अहिले सामाजिक दूरी कायम गर्ने पक्षमा जोड दिन थालेका हुन् ।

अझै अँध्यारा दिनहरु आउनै बाँकी रहेकाले अबको एक महिना सरकारले सुझाएका सबै नियम पालना गर्न आग्रह गर्दै ट्रम्पले भने, ‘यो जीवन र मृत्युको कुरा हो ।’ सबै अमेरिकी कठीन दिनका लागि तयार होउन् भन्दै ट्रम्पले थपे, ‘अबको दुई हप्ता निकै पीडादायी हुनेछ ।’

ह्वाइट हाउसका कोरोना भाइरस संयोजक डेबोराह बक्सले पत्रकार सम्मेलनमा कोरोना भाइरसका कारण अमेरिकामा अबको दुई हप्तामा एकदेखि दुई लाख ४० हजारसम्म मानिसको मृत्यु हुनसक्ने चेतावनी दिए ।

उपराष्ट्रपति माइक पेन्सले दैनिक एक लाख व्यक्तिको कोराना भाइरस परीक्षण भइरहेको जानकारी दिए ।