३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


गठबन्धनको निर्णय अनुसार मनोनयन दर्ता गर्न निर्देशन


0
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनले पाँच दलीय गठबन्धनको निर्णय अनुसार मनोनयन दर्ता गर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (साेमबार) बसेको गठबन्धनको बैठकले मनोनयन दर्ता गर्दा केन्द्रको निर्णय पालना गर्न निर्देशन दिएको हो । बैठकले गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउनका लागि आ–आफ्नो दलको संयन्त्र मार्फत निर्देशन दिने पनि निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभएकाे छ ।

मन्त्री कार्कीले गठबन्धनको निर्णय विपरित उम्मेदवारी दर्ता गराउनेलाई पनि सहमतिमा ल्याउने बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उम्मेदवार छनौटमा नेपाली कांग्रेसभित्र कुनै समस्या नभएको दावी समेत गर्नुभएकाे छ ।