१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


क्यान इन्फो टेकमा भायानेट स्टलमा विभिन्न कलाकार र प्रविधि उत्साहीहरूको भ्रमण


39
Shares

काठमाडौं । क्यान इन्फो टेक ( सूचाना प्रविधि मेला)२०२२ अन्तर्गत राखिएको भायानेट कम्युनिकेसनको स्टलमा धेरै सेलिब्रेटीहरू र प्रविधि उत्साहीहरूले भ्रमण गरेका छन् ।

भायानेटका ब्रान्ड एम्बेसेडर समेत रहेका कलाकार निश्चल बस्नेत र स्वस्तिमा खड्का, महिला गेमर इन्दु मल्ल “गेमिङ”, सागर लम्साल ‘बले’ र ¥यापर मिस्टर आरजे लगायतका चर्चित कलाकारहरुले भायनेट स्टलको अवलोकन गरेका छन् ।

भायानेटको स्टलमा पुगेका कलाकारहरसँग आगन्तुकहरुले अन्तरक्रिया, फोटो सेसन लगायत अन्य विभिन्न गतिविधिहरूका साथै कम्पनीका तर्फबाट आकर्षक अफरहरूको मज्जा लिन पाएका भायानेटले जनाएको छ । कलाकारहरुले आफ्ना प्रसंशक र आगन्तुकहरुसँग अन्तरक्रिया गरेका थिए । आइतवार भर्खरै मात्र रिलिज भएको गीत “के सारो” का कलाकार सागर लम्साल ‘बले’ र मिस्टर आरजेले पनि स्टल भ्रमण गरेका छन् । उक्त गीतमा भायनेटले प्रायोजन गरेको छ। गीतमा देखिएका कलाकारहरुले दर्शकहरुसँग विभिन्न विषयमा अन्तरक्रिया गर्दै आफ्नो छोटो प्रस्तुति पनि दिएका थिए। भायनेटले सोमबार प्रसिद्ध गेमिङ समूह डीआरएसलाई आमन्त्रित गर्दैछ। उनीहरूले उपस्थित भ्रमणकर्तासँग गेम खेल्नका साथै आफ्नो गेमिङ यात्राको अनुभवहरू साट्ने छन्।

क्यान इन्फो टेक मा रहेको भायानेटको डि ४० स्टलमा चर्चित कलाकार, गेमर र सेलिब्रेटीहरूका अलावा प्रत्येक आगन्तुकका लागि अन्य रोमाञ्चक अफरहरू रहेका छन्। भायानेट स्टलमा आउने जो कोहीले पनि भायनेट गेमिङ जोन मार्फत गेम खेल्न सक्नेछन ्।