
काठमाडौं । एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका केशव स्थापितले सत्तारुढ गठबन्धनको भन्दा दोब्बर मत ल्याएर आफू निर्वाचित हुने दाबी गर्नुभएको छ ।
उम्मेदवारी मनोनयनको दोस्रो दिन सोमबार दिउँसो काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेपछि उहाँले सञ्चारकर्मीसँग भन्नुभयो, ‘गठबन्धनको भन्दा डबल मत ल्याउँछु, गठबन्धनले ७० हजार मत ल्यायो भने म त्यसको डबल ल्याएर निर्वाचित हुन्छु ।’
२०५४ सालमा ८५ हजार मत ल्याएर मेयरमा निर्वाचित भएको स्मरण गराउँदै उहाँले यसपटक पनि आफू निर्वाचित हुने दाबी गर्नुभयो ।
यसैगरी एमालेबाट काठमाडौं महानगरको उपमेयरमा भने सुनिता डंगोलको उम्मेदवारी दर्ता भएको छ । डंगोल पूर्व मिस नेवा हुन् ।
प्रतिक्रिया दिनुहोस्