३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


कांग्रेसबाट चन्दननाथको मेयरमा शाही र उपमेयरमा खड्काको उम्मेदवारी


143
Shares

काठमाडौं । नेपाली कांग्रेसले जुम्लाको एक मात्र चन्दननाथ नगरपालिकामा पदम शाहीलाई मेयरको उम्मेदवार बनाएको छ । त्यस्तै, उपमेयरमा रामदेवि खड्कालाई उम्मेदवार बनाएको छ ।

मेयर पदका उम्मेदवार शाही कानून व्यवसायी हुनुहुन्छ । उहाँले लामो समयदेखि जुम्लामा कानूनी वकालत गर्दै आउनुभएको छ । यस्तै, उपमेयर पदका उम्मेदर रामदेवि खड्का सफल व्यवसायी हुनुहुन्छ । खड्का लामो समयदेखि राजनीतिसँगसगै जुम्लामा व्यवसाय गर्दै आउनुभएको छ ।

पार्टीले टिकट दिएपछि मनोनयन पत्र दर्ता गर्न जाने तयारी गरेको मेयर पदका उम्मेदवार शाहीले बताउनुभयो । शाही पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षधर हुनुहुन्छ भने उपमेयर खड्का कांग्रेस नेता रामचन्द्र पौडेल निकट हुनुहुन्छ ।

यसअघि ०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट मेयरमा कान्तिका सेजुवाल र उपमेयरमा माओवादी केन्द्रबाट अप्सरा न्यौपाने विजयी भएका थिए ।