१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिरहामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


143
Shares

काठमाडौं । सिरहाको धनगढीमाई नगरपालिका–७ मा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय १५ वर्षीय हरि नारायण महतो रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान अनटेष्ट मोटरसाइकल अनियन्त्रित भइ पल्टिएको इलाका प्रहरी कार्यालय धनगढी सिराहाले जनाएको छ ।