
पोखरा । पोखरा महानगरको मेयरमा गठबन्धनबाट दोस्रो बागी उम्मेदवारी परेको छ ।
कांग्रेसबाट मेयर दाबी गरेका ऋषि सापकोटाले मनोनयन दर्ता गर्नुभएको हो । उहाँ कांग्रेस कास्कीका पूर्व कोषध्यक्ष हुनुहुन्छ ।
सापकोटा नेपाली कांग्रेस कास्कीका २०५४ सालदेखि २०६४ सालसम्म कोषाध्यक्ष हुनुहुन्थ्यो ।
गठबन्धनका नाममा कांग्रेसका कार्यकर्तालाई अरू दलको चिह्नमा मत हाल्न बाध्य पारेकाले आफूले उम्मेदवारी दिएको सापकोटाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्