१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसले व्यास र म्याग्देको प्रमुख दोहोर्‍याउने


130
Shares

काठमाडौं । नेपाली कांग्रेसले तनहुँको व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाको प्रमुख दोहोर्‍याउने भएको छ ।

व्यासको मेयरमा फेरि वैकुण्ठ न्यौपानेलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । उपमेयर भने फेरिएको छ । कांग्रेसले व्यासको उपमेयरमा इन्दिरा दरैलाई उम्मेद्वार बनाएको छ ।

यस्तै म्याग्दे गाउँपालिकाको अध्यक्ष मायादेवी राना नै दोहोरिने हुनुभएको छ । उपाध्यक्षमा सुभद्रा घिमिरेले टिकट पाउनुभएको छ ।

भानु नगरपालिकाको मेयरको टिकट आनन्दराज त्रिपाठीले पाउनुभएको छ । उहाँ विद्यार्थी नेता हुनुहुन्छ । यस्तै, शुक्लागण्डकी नगरपालिकामा व्यवसायी कृष्णराज पण्डितले टिकट पाउनुभएको छ ।

शुक्लागण्डकीमा कांग्रेसले माओवादी केन्द्रसँग तालमेल गर्ने छ । उपमेयर माओवादी केन्द्रलाई दिने छ । माओवादीबाट उपमेयरमा खुमबहादुर विक (राजु) को नाम चर्चामा छ । तालमेल गर्ने सहमति भए पनि वडामा सहमति हुन सकिरहेको छैन ।

जिल्लामा अझै पनि ठुला दल नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र उम्मेद्वार टुंगो लगाउन सकिरहेको अवस्था छैन । उम्मेद्वार छनोटमा विवाद हुँदा मनोनयन दर्ताका लागी डेढ घण्टा मात्र बाँकी रहँदा कहिँ पनि ठुला दलका उम्मेद्वारले मनोनयन दर्ता गराएका छैनन् ।