२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ललितपुरको मेयरमा चिरिबाबुले गरे उम्मेदवारी दर्ता


273
Shares

काठमाडौं । गठबन्धनकातर्फबाट कांग्रेसका चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

गठबन्धनमा कांग्रेसले ललितपुर महानगरमा प्रमुख पाएको थियो । जस कारण उहाँले मेयरमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा ललितपुर मेयरमा निर्वाचित महर्जन फेरि दोहोरिन खोज्नुभएको हो ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले महानगरपालिकामा गर्नुपर्ने कामहरू अझै रहेकाले आफूलाई निर्वाचित गराउन आग्रह गर्नुभएको छ ।