
काठमाडौं । बर्दिबास नगरपालिकाको मेयरमा कांग्रेसका दुई जनाले आकांक्षा देखाएका थिए । लामो समयदेखि चल्दै आएको विवामा कांग्रेसले चिरञ्जीवी हमाललाई आधिकारिकता दिएको छ र मेयरको टिकट दिएको छ ।
पार्टीको निर्णयप्रति अस्नतुष्टि जनाउँदै अर्का आकांक्षी प्रल्हाद क्षेत्रीले भने स्वतन्त्र रुपमा उम्मेदवारी दिने तयारी गरेका छन् । उनीहरू दुवै जना सोमबार बिहान एकै समय मेयरको उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय बर्दिबासमा पुगेका थिए ।
बर्दिबास निर्वाचन कार्यालयका प्रमुख भुपेन्द्र सापकोटाका अनुसार एउटै पार्टीको दुई उम्मेदवारको मनोनयन दर्ता गर्न नमिलेपछि उनीहरू फर्किएका थिए । ‘हामीले आधिकारिकता पुष्टि गर्न कांग्रेस पार्टीलाई पत्रचार गरेका थियौँ । अहिले हमालको आधिकारिकता भएको पुष्टि गरेको छ ।’
प्रतिक्रिया दिनुहोस्