
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
गठबन्धन दलबाट भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले सोमबार अपरान्ह उम्मेदवारी दर्ता गराएका हुन् ।
भरतपुरमा माओवादीलाई मेयर र कांग्रेसले उपमेयर पाएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु भरतपुर महानगरकी पूर्व मेयर पनि हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्