१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बलिउडमा डेब्यु गर्दै सचिन तेन्डुलकरकी छोरी सारा


1.794k
Shares

एजेन्सी । भारतिय क्रिकेटर सचिन तेन्डुलकरकी छोरी सारा बलिउडमा डेब्यु गर्ने भएकी छन् ।

भारतिय स्टारका छोराछोरीहरू धमाधम फिल्म क्षेत्रमा प्रवेश गरिरहेको सन्दर्भमा सारा पनि फिल्मी क्षेत्रमा प्रवेश गर्ने तयारी गरिरहेको भारतिय सञ्चारमाध्यमले जनाएको छ ।

सारालाई मनोरञ्जनको क्षेत्रमा विशेष रुचि रहेकाले अब उनले बलिउडमै आफ्नो करिअर बनाउने समाचारमा उल्लेख छ । त्यसकै लागि उनले अहिले अभिनय सिकिरहेकी छन् ।

युनिभर्सिटी अफ लण्डनबाट मेडिसिन विषयको अध्ययन गरे पनि उनी ग्ल्यामरको दुनियाँमा करियर बनाउन चाहेको समाचारमा उल्लेख छ । साराले यसअघि मोडलिङ पनि गरेकी थिइन् । उनका तस्वीरहरू प्रशंशकले मन पराएका थिए ।

केहि समयअघि साराको शाहिद कपूरसँग डेब्यु गर्ने चर्चा चलेको थियो । तर, सचिनने आफ्नी छोरी अहिले पढाइमा ध्यान केन्द्रीत गरिरहेको भन्दै यी खबरलाई खण्डन गरेका थिए ।

एकपटक फेरि साराले बलिउडमा डेब्यु गर्ने खबर भुसको आगोझैँ सल्किएको छ । तर, उनले यसबारेमा अहिले नै केही बताएकी छैनन् । साराको डेब्यु उनका प्रशंशकका लागि प्रतिक्षाको विषय बनेको छ ।